Public Pana
भारतमा एक नेपालीकोे शव फेला

सर्लाहीका एक युवकको शव भारतीय भूमिमा फेला परेको छ ।
 

सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका– ४ घर भएका ३५ वर्षीय रवानी हुसेनको शव मलंगवा नजिकैको भारतीय भूमिमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 
 

हुसेन लागूऔषध प्रयोग कर्ता रहेका आफन्तहरुको भनाई छ। 
 

नेपाल भारत सीमा क्षेत्र नजिकै भारत तर्फको धान खेतमा हुसेनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 
 

उनको शव पोष्टमार्टमपछि आफन्तले बुझि लगेका छन् ।
 

हुसेनको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update