Public Pana
सुन प्रकरणमा थप २ चिनियाँ नागरिक पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा काठमाडौंबाट बिहीबार राति दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 
 

यसअघि सोही प्रकरणमा गत हिजो साउन ३१ गते पनि प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ ।
 

गत साउन ३ मा ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन विमानस्थलबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।  
 

सुन बरामद भएदेखि विभागले १७ दिन यसको अनुसन्धान गरेको थियो। राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो । 
 

सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको छ ।
 

तर, संगठित अपराध, त्रिदेशीय कनेक्सन लगायतका कारण थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update