Public Pana
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, सार्वजनिक बिदा

सुदूरपश्चिमको महत्त्वपूर्ण पर्व ओल्के मनाउन आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो ।

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो मसिनो खानु, हात–खुट्टामा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
यो पर्वका दिन विवाहित छोरीलाई माइत बोलाएर सेल रोटी, माणा, निसौसे, डुब्कीलगायतका मिष्टान्न परिकार खुवाउने प्रचलन छ ।

आजकै दिन सुदूरपश्चिममा ‘बूढी हाल्ने’ प्रचलन पनि छ । गाउँघर नजिकको अग्लो ठाउँमा जम्मा भएर रूख बिरुवाका हाँगा र झ्याङको थुप्रो बनाउँदै ‘बूढी हाल्ने’ गरिन्छ ।
साँझ सबै जम्मा भएर हाँगा र झ्याङको थुप्रोलाई पोल्ने गरिन्छ । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ ।

बूढी पोल्ने काम गर्दा अनिष्ट नआउने लोक विश्वास छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update