Public Pana
श्रमिकको न्यूनतम पारिश्रमिक बढेर १७ हजार पुग्यो

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । 

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो । 

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पु¥याएको हो ।

आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो ।

यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो । 

त्यस्तै दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको हो । 

आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको हो । 

मन्त्रालयले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने भनेको छ ।

mulya-briddhi1692322087.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update