Public Pana
सर्वदलीय बैठक :  राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए ।

राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न नपाएको र अहिले स्वास्थ्य पनि ठिक भएकोले सर्वदलिय बैठक बोलाउने तयारी भएको थापाले भने ।

पब्लिक पानसँग कुरा गर्दै उनले भने, “संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भएकाले सबैको सल्लाहानुसार दिन र समय तोकिने छ ।”
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update