Public Pana
सरकार विरुद्ध सत्ता र प्रतिपक्षी :  सहकारी अनुगमन

प्रमुख राजनीतिक दलका नेताहरुले सहकारी संस्थाहरुको अनुगमन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले बिहीवार काठमाडौंमा आयोजना गरेको  कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका नेता खगराज अधिकारी, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल लगायतले कडा कानून र अनुगमनमा कडाई नगरेका कारण सहकारी संस्थाहरुमा बिकृती भित्रिएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

कार्यक्रममा कानूनविद् काशीराज दाहालले सहकारी क्षेत्रमा देखिएको बिकृति अन्त्य गर्नका लागि कानूनमा सुधार र नियमनको कामलाई सरकारले प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update