Public Pana

पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले शेयर बजारमा गम्भीर प्रकारका संकट आउदा पनि सेवोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराएका हुन् ।

शेयर बजारमा आपुर्तिको मात्र ओईरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरुको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको  कोईरालाले बताए ।

राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सिमा तत्काल हटाउँन, बैंक तथा बित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरुको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई र ४० प्रतिशत कानूनी ब्यक्ति अर्थात कम्पनीको रुपमा दर्ता भएका लगानीकर्तालाई वितरण हुने गरी संस्थागत लगानीकर्ताको सहभागिता अनिबार्य गर्न गराउन पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update