विदेशमा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश
सिरियामा इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सबै कर्मचारीहरूको तलब बढाउन आदेश दिइएको छ ।
सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सिरियाली राष्ट्रपति बसर अल असदले कर्मचारीहरूको तलब बढाउन आदेश दिएका हुन् ।
अस्ति मङ्गलवार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेको थियो ।
राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरूको लागि सन् २०११ पछि नवौँ पटक तलब वृद्धि भएको हो।
अहिले देशको आर्थिक अवस्था सङ्कटमा छ। यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १३:४१
प्रतिक्रिया दिनुहोस्