Public Pana
सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको निधन 

कञ्चनपुरमा सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको निधन भएको छ ।
 

आज बिहीबार बिहान शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा हात्तीको निधन भएको हो ।
 

शौचालयको सेप्टिक ट्यांकीमा पर्दा हात्ती मरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । 
 

सेप्टिक ट्यांकीमा हात्ती फसेको थियो । हात्ति निकाल्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली परिचालित गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update