Public Pana
सडकमा लतारिएको तारबाट करेन्ट लागेर मृत्यु, विरोधमा राजमार्ग बन्द

कञ्चनपुरमा सडकमा लतारिएको तारबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

आक्रोशित आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग आज विहिबार विहादेखि बन्द गराएका छन् । 
 

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो ।
 

पूर्वपश्चिम राजमार्गमा लतारिएको विद्युतको तार छुँदा ओडलाई बुधबार बेलुका करेन्ट लागेको थियो ।
 

करेन्ट लागेर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
 

मृतक ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
 

विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन् ।

विरोधमा उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।

टायर बालेर राजमार्ग बन्द गराइएको हो ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update