Public Pana
डेंगी संक्रमणबाट मृत्यु हुनेको संंख्या १२ पुग्यो

धरानमा डेंगीका कारण ९ वर्षीय एक बालकको मृत्यु भएको छ । योसँगै यो वर्ष डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
 

दुई दिनअघि ज्वरो आएका बालकलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएको थियो ।

बिपीमा सघन उपचार कक्ष खाली नभएको बताइएपछि विराटनगरस्थित बिग हस्पिटल रिफर गरिएका बालकको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
 

धरानमा परीक्षण गर्नेमध्ये अहिले ७१ प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छ । धरानका २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् ।

संक्रमित बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीको चाप थेग्न गाह्रो भएको छ ।

निजी क्लिनिकमा पनि बिरामीको निकै चाप छ । अधिकांश वडा कार्यालयले आफ्नै पहलमा स्वास्थ्य शिविर संचालनमा ल्याए पनि पर्याप्त हुन सकेको छैन ।

तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नभएकै कारण महामारी नियन्त्रण हुन सकेको छैन ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update