Public Pana
सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्ची तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, भोताङलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको महाशाखाले जनाएको हो । 

मेलम्ची नदी र नकोटेको बाढीमापन केन्द्रमा जलसतह बढेको जनाउँदै महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रुपन्देही र आसपास केही स्थानमा मध्यम तथा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले पाल्पाको कार्कीनेतामा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । यहाँ पछिल्लो ६ घण्टामा ३५.८ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update