Public Pana
कोशी र बाग्मतीमा भारी वर्षाको सम्भावना  : सतर्कता अपनाउन अनुरोध

कोशी र बाग्मती प्रदेशको एक–दुई स्थानमा आज बिहिबार भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार, यी दुई प्रदेशका केहशी स्थानमा आज भारी वर्षाको सम्भाबना रहेको हो ।
 

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहेपनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको हो ।
 

त्यसले दिउँसो र राति यी दुई प्रदेशका एक–दुई स्थानमा मात्रै भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान् छ ।
 

अन्य प्रदेशका हकमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ ।
 

अहिले पनि गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
 

रातिपनि कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

हल्का, मध्यदेखि भारी वर्षाको पनि सम्भावना रहेकाले नदी तटीय क्षेत्र लगायत पहिरोको जोखिम, गेग्रान बहने ठाउँ, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update