Public Pana

शिक्षासम्बन्धी समस्यालाई समाधान गर्नेगरि शिक्षा सम्बन्धी ऐन आउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
शिक्षामा नीजिकरण र व्यापारिकरणको अन्त्यसहितको समग्र शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले शिक्षित जनशक्ति वेरोजगार बन्नुपर्ने र शिक्षाका नाममा प्रतिभा र पूँजी पलायनको समस्या शिक्षा ऐनद्वारा समाधान गर्नुपर्ने माग गरेका छन् ।

विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा दलिय भागवण्डाको अन्त्य गर्नुपर्ने र विश्वविद्यालयको वैज्ञानिक शैक्षिक क्यालेण्डर बनाई अनिवार्य कार्यान्वयन गर्नुपर्ने दाबी गरेका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने कहिले सम्म? , शिक्षाको पूर्ण दायित्व राज्यले बहन गर, विश्वविद्यालयमा दलिय भागबण्डाको अन्त्य गर्नुपर्ने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update