Public Pana

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएर सुनको तौल घटेको जिकिर गरेका छन् ।
 

एमाले उद्योग वाणिज्य तथा आपूर्ति बिभागले आज बुधबार काठमाडौंमा गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रममा उनले सुन तस्करी प्रकरणमा छानविन आयोग गर्न गर्नुपर्ने माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको दाबी गरेका हुन् ।

ओलीले सरकारको छानविन आयोग बन्न नदिएको सफलता सय किलोबाट घटेर ६१ किलोमा झर्नु भएको बताए ।
 

उनले बिमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्यो भन्दा पनि बढि सुन तस्करी भएको हुनसक्ने उल्लेख गरे ।

पूर्व प्रधानमन्त्री ओलीले सुन तस्करीमा अरवौंको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएको तर्क गरे ।

कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेर अरुलाई तर्साउन खाजेको बताए।

उनले मुलुकको अर्थतन्त्र कमजोर भएर मुलुकको उद्योगधन्दा अप्ठेरो र बन्दा हुँदा पनि सरकारलाई कुनै चासो नरहेको धारणा राखे ।

ओलीले उद्योगीहरु अप्ठेरोमा पर्दा पनि सरकार अहयोगी र निर्मम साहूजीको रुपमा प्रस्तुत भएको टिप्प्णी गरे ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update