Public Pana

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐनलाई छिटो भन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले आज बुधबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा खड्काले निजामती ऐनलाई पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस भइरहेको भन्दै संसदको अहिलेको अधिवेशनमा नै दर्ता हुने समेत उल्लेख गरे ।

एकहप्ताभित्रै उक्त ऐन सदनमा प्रस्तुत गर्ने उनको दाबी थियो ।

मन्त्री खड्काले सुशासन र सेवाप्रवाह तथा सविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वनको विषयलाई सरकारले जोड पनि दिए ।

उनले झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्य अनुरुप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दैआएकामा सुधारको खाँचो आवश्यक रहेको जिकिर गरे ।

उपप्रधानमन्त्री खड्काले राष्ट्रसेवक कर्मचारीबाट नागरिकमैत्री सेवाप्रवाहका कारण नेतृत्वका साथै संगठन नै सुदृढ हुने धारणा राखे ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update