Public Pana

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अवस्था विग्रिएको, अर्थतन्त्र ध्वस्त भएको भन्ने नकारात्मक रहेको बताएका छन् ।

उनले रोजगारी नपाइने भएकाले विदेश जानुको बिकल्प छैन भन्नु पनि गलत रहेको उल्लेख गर्दै पछिल्लो समय मुलुकको अर्थतन्त्र बलियो रहेको उल्लेख गरे ।

मन्त्री महतले विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने धारणा राखे ।
 

सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने दाबी समते उनको थियो । 

राष्ट्र निर्माण मञ्च नेपालले आज बुधबार काठमाडौंमा आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मुलुकमा धेरै अवसरहरु सिर्जना भइरहेकाले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताएका हुन् ।

हरेक व्यक्तिमा हुने क्षमतालाई पहिचालन गर्दै अवसर लिन उनले अनुरोध गरे ।

मन्त्री महतले भूपरिवेष्टिक देश भएकाले हरेक उत्पादन विदेशमा लैजान यसअघि समस्या हुने गरेपनि अहिले डिजिटल प्लेटफर्ममार्फत आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिने अवस्था सिर्जना भएको उल्लेख गरे ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update