Public Pana

महिला श्रृर्जनशील केन्द्रको आयोजनामा आगामी भाद्र १५ गतेदेखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला आयोजना हुने भएको छ । 

केन्द्रले आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र १५ देखि १७ गतेसम्म काठमाडौंमो २० औं डावर बाटिका तीज फेस्टिवल आयोजना गर्न लागेको जनाएको हो ।

उक्त तीनदिने मेला काठमाडौंको होटल मल्लमा आयोजना हुने छ । 

साथै महिला उद्यमी मञ्च र चितवन उद्योग संघको सहकार्यमा चितवनमा पनि भाद्र २२ देखि २४ गतेसम्म २० औं तीज फेस्टिबल–तीज विशेष उद्यमी मेला आयोजना हुने महिला श्रृर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् ।

मेलामा १० वटाभन्दा बढी स्टल असहाय, अशक्त,अपाङ्ग र ग्रामिण क्षेत्रका पिछडिएका महिलालाई निःशुल्क प्रदान गरिएको उनले बताइन् ।

आयोजकका अनुसार मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तक्रिया लगाएतका कार्यक्रम राखिएको छ । 

८० भन्दा बढि स्टल रहने मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update