Public Pana
सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ

सुन बरामद प्रकरणमा प्रहरीले थप चारजना चिनियाँ नागरिकलाई आज बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीन पुरुष र एक महिला छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको बताए ।

पक्राउ परेका ती चारैजना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छैन । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ ।

अदालतमा उनीहरुलाई ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ । यसअघि पक्राउ गरेका १७ जनालाई पनि त्यति नै समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

साउन ३ गते बरामद भएको सुन हिजो मंगलबार गल्याएर तौदा ६० केजी ७१६ ग्राम रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update