Public Pana
नेता भण्डारीको शल्यक्रियाका लागि अमेरिकी डा. तिमोथी स्प्रौल नेपाल

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको पुनः  शल्यक्रियाका लागि अमेरिकी मुलका डा.. तिमोथी स्प्रौल नेपाल आएका छन् ।

काठमाडौंको कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रियाको नेतृत्व डा. स्प्रौलले गर्न लागेका हुन् ।
सरकारको सहयोग नेता भण्डारीले नलिने भनेकाले डा. स्प्रौल आफ्नै पैसामा नेपाल आएका हुन् ।

उनको स्वास्थ्य तथा जनसँखया मन्त्री मोहनबहादुर बस्नेत र परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तराष्ट्रिय विमाानस्थलमा स्वागत गरेका हुन् ।

भण्डारीको शल्यक्रियामा डा. स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोली रहेको छ । 

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको शुरूमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार

भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । 

भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update