Public Pana
भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम् ढंगले अगाडि बढेको छ :  मन्त्री शर्मा

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले भ्रष्टाचारका मुद्दा टुङ्गोमा पु¥याउने गरी सरकारले काम गरिरहेको जनाएकी छन् ।

प्रेस सेन्टर दाङले आज बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले राज्य सञ्चालकहरुबाटै विगतमा भएका गल्ती कमजोरीका कारण देशमा सुशासन स्थापना हुन नसकेको भन्दै भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम ढंगले अगाडि बढेको उल्लेख गरिन् ।

भ्रष्टाचारका ठूला मुद्दामा पूर्व विशिष्टहरुसमेतको नाम आएको र उनीहरुलाई उन्मुक्ति दिने कुरा बजार हल्ला मात्रै भएको भन्दै मन्त्री शर्माले जोसुकै पार्टीका जुनसुकै व्यक्तिका बारेमा छानबिन गर्न र उनीहरुलाई कानुनको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने जनाइन् ।

‘पार्टीका जुनसुकै व्यक्ति भएपनि उनीहरुलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’  उनले भनिन् ।
सरकार सञ्चालकहरुले गर्ने गल्ती कमजोरीका कारण व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै मन्त्री शर्माले सबैको सहयोगबाट परिवर्तन भएको व्यवस्थाबाट आमनागरिकको अवस्था परिवर्तन गर्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिइन् ।  
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update