Public Pana
पाल्पामा विद्युत प्रसारणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) चार सय केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत पाल्पामा स्थायी जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

नयाँ बुटवल सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डअन्तर्गत पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले आज बुधबार सूचना जारी गर्दै निस्दी गाउँपालिकाका ५ को गल्धा, ६ को अर्चले र ७ को ज्यामिरेमा रामपुर नगरपालिकाका १, २, ३ र ४ नम्बर वडाको दर्छा र गाँडाकोटमा पर्ने जग्गा अधिग्रहणमा पर्नेछ ।

सार्वजनिक विवरणमा घर, गोठ, जग्गा, कटेरा, टहरासहित रुख–बिरुवासमेत स्थायी रुपमा अधिग्रहण गर्नेगरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ उपदफा १ प्रयोजन र जग्गाको स्वामित्व फरक परेको भए वा छुटेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी गर्न सकिने जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जाकारी दिए ।

जग्गा अधिग्रहण गर्नु नपर्ने भए पनि कारणसहित २१ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिनेछ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेमा कानुनबमोजिम हुनेछ । पाल्पा जिल्लाभित्र विद्युत् प्रशारण लाइनको ७४ वटा पोल टावर पर्नेछ भने नेपाल सरकार र व्यक्तिगत जग्गा गरी १४६ कित्ता पर्ने सूचनामा उल्लेख छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update