Public Pana
नेपालले भारतलाई भन्यो :  टमाटर लैजाउ चामल देऊ

नेपाल सरकारले भारतमा टमाटरको अभाव परिरहेका बेला टमाटर सहज रुपमा पठाइरहेको र अरु पनि लैजान सकिने प्रस्ताव राख्दै १ लाख टन भन्दा बढी चामल दिन आग्रह गरेको छ ।

उद्योग वाणिज्य, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले १ लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेका छन् ।

भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका समकक्षी नरेन्द्र मोदीलाई फोन गरि खाद्यान्न निर्यात गर्न आग्रह गरेका थिए ।

परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र लेखेको उद्योग मन्त्रालयले जनाएको हो ।
भारतले ४ साउनमा बासमती बाहेकका सेतो चामलको निर्यात रोक्ने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update