Public Pana
संसद् खुलाउन ओलीलाई राष्ट्रपतिको ध्यानाकर्षण

राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अवरोधका कारण मुलुकमा नकारात्मक प्रभाव परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

शीतल निवासमा आज बुधबार समासामयिक राजनीतिको बारेमा छलफल गर्न भएको भेटमा राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई संसद् गतिरोध हटाउन सल्लाह दिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले विश्वासको वातावरण बनाएर संसदमा प्रतिनिधित्व गर्ने सबै दल अगाडि बढ्न सुझाव दिए ।

ओलीले भने पौडेललको स्वास्थ्य अवस्थाबारे चासो राखेको पोखरेलले भनाइ छ ।

हङकङबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको अवैधको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले एक साताभन्दा बढीदेखि संसद् अवरुद्ध गर्दै आएको छ । सो अवरोध हटाउन राष्ट्रपति प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट बढाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update