राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चिनियाँ राजदूत चेन सङको भेट भएको छ ।
सभापति लामिछाने र चिनियाँ राजदूतबीच पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शिष्टाचार भेट भएको हो । भेटमा नेपाल र चीनका आपसी हित, चासोका विषयमा छलफल भएको रास्वपाले जानकारी दिएको छ ।
यस्तै, मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ ।
उत्तरी सीमा क्षेत्रमा नेपालले बेहोरिरहेको समस्याप्रति राजदूतलाई ध्यानाकर्षण गराएको रास्वपाको भनाइ छ ।
जवाफमा सीमा क्षेत्रमा देखिएका समस्या समाधानको पहल लिन चीन तत्पर रहेको जानकारी राजदूतले दिएका थिए ।
पार्टी सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको पनि अवगत गराएका थिए ।
राजदूतसँगको शिष्टाचार भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल सहभागी थिए ।