Public Pana
काठमाडौं आईपुग्यो चिनियाँ सेनाको टोली

चिनियाँ सेनाको तिब्बत मिलिट्री कमाण्डका कमाण्डर यु एन दे नेतृत्वको ८ सदस्यीय टोली नेपाल आईपुगेको छ ।

५ दिने भ्रमणका लागि यु एन दे नेतृत्वको टोली बुधबार बिहान साँढे ११ बजे काठमाडौं आईपुगेको हो । एयर चाइनाको ४३७ उडान नम्बरबाट उनीहरु काठमाडौं ओर्लेका थिए ।


टोलीलाई नेपाली सेनाका उपरथी सागरबहादुर थापा र साहायकरथी सुनिल श्रेष्ठले त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपालसँग सिमा जोडिएको तिव्वतका उच्च तहका चिनियाँ सैनिक अधिकारीको कोभिडपछिको यो पहिलो नेपाल भ्रमण हो ।

युले सहितको टोलिले प्रधानमन्त्री प्रचण्ड , रक्षामन्त्री पुर्ण बहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड तथा स्टाफ कलेजमा भ्रमण गर्ने समेत कार्यक्रम रहेको छ ।


भ्रमणको क्रममा नेपाल र चीनबीच रोकिएको सैन्य अभ्यास र सैनिक सहकार्यका विषयमा समेत छलफल हुने कार्यक्रम रहेको बताइएको छ ।

साथै चीनबाट खरिद गर्न लागिएको एपीसी र सैनिक सामाग्रीको विषयमा समेत छलफल हुनेछ ।


सेनाले चीनबाट ल्याउन लागेको ७ अर्ब बराबरको सैनिक सामाग्री अहिले विवादका कारण रोकिएको छ । प्रधानसेनापति प्रभुराम शर्मा पनि चीन भ्रमणमा जाने तयारीमा छन् । उनले यसअघि भारत र अमेरिकाको भ्रमण गरेपनि चीन भ्रमणमा भने ढिलाई भइरहेको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै बेला शर्मा पनि बेइजिङ जाने तयारीमा छन् ।


टोली सोल्टी र याक एण्ड यति होटलमा बस्ने कार्यतालिका रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update