Public Pana
कोशीमा मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री

कोशीमा प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई बुधबार कृषि राज्यमन्त्री नियुक्त गरेका हुन्।

मण्डलले आज बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

थापाले यसअघि ४ मन्त्री नियुक्त गरिसकेका छन् । जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

कोशीको प्रदेश सभा बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update