Public Pana

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले आज घोषणा गर्ने
सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ ।

प्रज्ञा भवन कमलादीमा आज बुधबार उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर औपचारिक घोषणा गरे ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई गत २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update