Public Pana
आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

 नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।

नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो ।

स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई पराजित गरेको थियो । नेपाल स्कटल्याण्डको त्यो लयलाई रोक्न चाहन्छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update