Public Pana
सत्ता गठबन्धनको बैठक 

सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ । 

आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो । 
संसद्मा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेका बेला सत्ता गठबन्धनका दल छलफलमा जुटेका हुन् ।

बैठकले संसद्को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउने बताइएको छ । 
हङकङबाट तस्करी गरी ल्याइएको सुन सम्बन्धमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

तर एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी निरन्तर संसद्मा अवरोध गरिरहेको छ ।

सरकारले भने सीआईबीलाई अनुसन्धान टुंग्याउन दिनुपर्ने र अहिले उच्चस्तरीय समिति आवश्यक नभएको बताइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update