Public Pana
महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् ।
 

आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ ।
 

क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो ।
आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ ।

फाइनल खेल आउँदो आइतवार हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन उपाधि नजिक पुगेको छ ।
स्पेन पहिलो पटक फाइनलमा पुगेको हो ।

गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update