Public Pana
सातै प्रदेशमा वर्षा, कोशी र गण्डकीमा भारी 

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । 
 

आज बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

साथै कोशी  तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update