Public Pana
ह्वात्तै बढ्यो पेट्रोल र डिजेल - मट्टितेलको मूल्य 

नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य ह्वात्तै बढाएको छ ।

निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ ।

इण्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

mulya-briddhi1692145668.jpg

 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update