Public Pana

सरकारले रोकिएको कित्ताकाट खुल्ला गर्ने गरि भू–उपयोग नियमावली पारित गरेको छ । 

सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रोकिएको कित्ताकाट, नामसारी लगाएत सवै काम फुकाउने गरि भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
नियमावली पारितभएसंगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रुपमा काम अघि बढ्ने उनले बताए ।

त्यस्तै बैठकले गोरखामा एक व्यक्तिको घरमा फेला परेकोे टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ भने अहिलेसम्म उक्त ढुङ्गालाई संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको मन्त्री ज्वालाले बताए ।

 बैठकले नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई स्वागत गर्दै निवर्तमान मन्त्री अमललाल मोदीलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको हो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update