Public Pana
युरोपियन प्रतिष्ठित लिगको सुरुबात 

युरोपियन क्लबहरुको प्रतिष्ठित लिगको शुरुवात यसै सप्ताअन्त बाट शुरु भएको छ । 

जसमध्ये विश्वकै प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता इन्ङ्गिलिस प्रिमियर लिगको शुरुआत यसै हप्ताबाट शुरु भएको हो ।

जसमा विसौ सताप्दीमा ४ पटक च्याम्पियन बन्न सफल न्यूकासले सानदार सुरुबार गरेको छ ।
गत सिजन साउदी लगानी स्वीकृत भएसंगै न्यूकासलले उत्कृष्ट प्रदर्शन गर्दै आईरहेको छ, गत सिजन शिर्ष चार रहेर सिजन सक्काएको न्यूकासलले चिर प्रतिद्धन्द्धि एस्टन भिल्लालाई ५–१ ले हराएर आफूलाई यस सिजन कम नआक्न शिर्ष ६ टिमलाई सन्देश दिएको छ, न्यूकासलले सन् १९२७ मा जितेको थियो । 

त्यस्तै यसै सप्ताहन्तमा भएका अन्य खेलमा साविक विजेता म्यान्चेष्टर सिटी, म्यान्चेसटर युनाईटेड, आसर्नलले जित निकाल्दा चिर प्रतिद्धन्द्धि चेल्सि र लिभरपूल विचको खेल बराबरीमा सकियो । 

त्यस्तै ह्यारी केनलाई १०० मिलियन पाउण्डमा जर्मन कलब वार्यन मेन्सनलाई बेचेको टोटनह््यामले वेन्डफोर्डले बराबरीमा रोक्यो । अन्य खेलहमा व्राईटन, क्रिष्टल प्यालेस र फुलहामले जित निकाल्दा, वेष्टह्याम र वर्नमाउथले वराबरी खेले ।

स्पेनिस ला लिगा अन्र्तगत शिर्ष क्लब रियाल म्याड्रिड र यथलेटिको म्याड्रिडले बिजयी हुदाँ साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ, त्यस्तै फ्रेन्च लिग अन्र्तगत साविक पेरिस साइन्ट जमनले बराबरी खेल्दा मोनाकोले बिजयी सुरुबात गरेको छ  । 

यसै हप्ताबाट युरोपका अन्य पोर्चुगल, नेदरल्याड लगायत देशको लिगको सुरुवात भईसकेको छ भने जर्मन र इटलीको लिग यसै सप्ताहन्तबाट शुरु हुनेछ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update