Public Pana
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । 
 

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा मंगलबार अपरान्ह सार्वजनिक भएको हो । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।
 

गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ ।
बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
 

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । 

यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.ntc.net.np
  र नेपाल टेलिकमको वेबसाइट www.neb.gov.np मा गएर हेर्न सकिन्छ ।
 

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० र नेपाल टेलिकमको १६०१ नम्बरमा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update