Public Pana
प्रधानमन्त्रीको विदेश यात्रा:  पहिला अमेरिका अनि चीन 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन आगामी भदौ ३० गते अमेरिका जाने भएका छन् ।

आज मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको भेटमा उनले आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले आफू भदौ ३० अर्थात सेप्टेम्बर १६ तारिखमा अमेरिका गएर असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने उल्लेख गरे ।

उनी राष्ट्रसंघको महासभामा भाग लिने क्रममा ५ दिनसम्म अमेरिकामा रहनेछन् । राष्ट्रसंघको ७९ औँ महासभा आगामी सेप्टेम्बर १० तारिखदेखि अमेरिकाको न्यूयोर्कमा सुरु हुँदैछ ।

त्यहाँबाटै प्रचण्ढ चीनको बेइजिङतर्फ लाग्ने भएका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update