Public Pana

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ ।

रावलले आज मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर ओलीलाई भेट गरेका हुन् । 

२०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै सक्रिय थिए । 

गृहजिल्ला अछाममा सक्रिय रावल च्यासल पुगेसँगै अब एमालेको जिम्मेवारी पाउने अनुमान गरिएको छ ।

ओलीले पछिल्लो समय पार्टी पदाधिकारी र असन्तुष्ट अन्य नेताहरूसँग पनि निरन्तर संवाद गर्दै आएका छन् ।

ओलीले रावललाई भेटका लागि पार्टी कार्यालय च्यासल बोलाएकाले आफू सहभागि भएको रावलले प्रतिक्रिया दिएका छन् ।
 

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update