Public Pana
सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ

सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जानकारी दिएको छ ।
चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update