Public Pana
मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुने

मन्त्रिपरिषद्को बैठक अहिले केही बेरमा बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्न लागेको हो ।

प्रशासन विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रालयका नियमित प्रस्तावसँगै केही प्रशासनिक निर्णयहरूसमेत हुने बताइएको छ ।

आज मंगलबार गृहतर्फ केही सहसचिव(सिडिओ)को सरुवा गर्न सक्ने बुझिएको छ । मन्त्रालय अन्तर्गतको हकमा गृहले नै व्यवस्थापन गर्ने भएपनि बाहिरबाट मिलान भएको अवस्थामा भने मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउनु पर्ने हुन्छ ।

यता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सूची भने आज पेस गर्न नभ्याउन सक्ने सम्भावना देखिएको स्रोतको भनाई छ ।

‘दुई दर्जन बढी सहसचिवको सूची तयार भए पनि नयाँ मन्त्री भएकोले हेर्न समय लाग्न सक्छ कि !’ प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update