Public Pana
नेपालमा भारतको स्वतन्त्रता दिवस मृतक गोर्खा सैनिकका परिवारलाई ५ करोड

नेपालस्थीत भारतीय राजदूतावासले काठमाडौंमा ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ ।

भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’कै हिस्साका रुपमा रहेको भारतीय राजदूतावासले जनाएको छ ।

दुतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोह शुभारम्भ गरे ।

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा भारतीय राजदूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड ३३ लाख  रकम वितरण समेत गरेको छ ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update