Public Pana
ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु

नेपाल हक्की संघले ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु गरेको छ ।

एसिया हक्कीको प्राविधिक सहयोगमा संघले मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु गरेको हो ।
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० को सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरे ।

सो क्रममा उनले खेलको बिकासको क्रममा नयाँ नयाँ खेलहरु अगाडी आइरहेको अवस्थामा पुराना खेलहरुलाई पनि अघि बढाउनुपर्ने बताए ।

नेपालजस्ता खेल क्षेत्रमा कम लगानी भएको देशमा हक्कीलाई आधुनिक ढंगले अगाडी बनाउन मेहनत गर्नुपर्ने उहाले बताए ।

कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ ।

यस्तै इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइने बताइएको छ । प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिने संघले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update