Public Pana
गौर हत्याकाण्ड पीडितको आक्रोश 

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा आपत्ति जनाएको छ ।

सत्ता गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवदसहितलाई अप्ठ्यारो पार्ने अवस्था आएपछि छानबिन अघि नबढाउने निर्णय लिएको थियो ।

सरकारले गत साउन २३ गते गौर हत्याकण्ड पीडित संघर्ष समितिसँग गरेको ५ बुँदे सम्झौता कार्यान्वयन नगर्ने दिशामा गठबन्धन अघि बढेपछि पीडितहरु आक्रोशित भएका हुन् । 

गौर हत्याकाण्डका हामी पीडितहरुलाई न्याय तथा अपराधीलाई कानुनी दायरामा ल्याउन गौर हत्याकण्ड पीडित संघर्ष समिति र सरकारबीच भएको पाँच बुँदे सहमतिविपरीत निर्णय गरेर गठबन्धनले देशमा जंगलराज फर्काउन खोजेको जनाइएको छ ।

gaur-murder-1692082984.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update