Public Pana
हज यात्राका लागि १२ सय जनाको कोटा निर्धारण, दरखास्त आह्वान

सन् २०२४ को हज यात्राका लागि नेपालले साउदी सरकारबाट १२०० जनाको कोटा पाएको छ । 

जसअनुसार हजका लागि १२०० मुस्लिम धर्मावलम्बीहरुले हज गर्न सक्नेगरी आवेदन दिन सक्ने भएका छन् । 

नेपाल हज समितिले आज मंगलबार एक सूचना जारी गर्दै हज गर्न चाहने इच्छुक मुस्लिम धर्मावलम्बीले साउन ३० देखि असोज ३० भित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

त्यसका लागि पहिलो किस्तास्वरुप आफ्नो ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा १ लाख ५० हजार डिपोजित रहम बुझाउनुपर्ने सूचनामा उल्लेख छ । 

hus1692064736.png

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update