स्वतन्त्रता दिवस
भारतको ७७औं स्वतन्त्रता दिवस, आज प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने
आज अगस्त १५ मंगलबार अर्थात् भारतको स्वतन्त्रता दिवस । भारतले ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
स्वतन्त्रता दिवसको दिन सुरक्षा व्यवस्था समेत कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् ।
सन् २०२४ मा हुने लोकसभा चुनावको पूर्व सन्ध्यामा हुने प्रधानमन्त्री मोदीको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।
सम्बोधनमा मोदीले आफ्नो नेतृत्वमा हालसम्म भएका उपलब्धिको जानकारी र आगामी योजनाको घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ०७:२७
प्रतिक्रिया दिनुहोस्