Public Pana
भारतको हिमाचल बाढीका कारण ५१ जनाको मृत्यु, ७ सय ५० सडक बन्द

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ ।

हिमाचल का मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या बढ्न सक्ने जानकारि दिए । त्यहाँ खोजी र उद्धारको काम निरन्तर भैरहेको छ ।

ठूलो वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।

राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको मौसम विज्ञान विभागले हिमाचल मा अझै केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।

मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा भवन, सडक तथा पुलहरू भत्किएका छन् ।

हिमाचल राज्यको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार त्यहाँका सात सय ५० भन्दा धेरै सडक बन्द भएका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update