Public Pana
मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुग्यो

मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँचजनामध्ये चार जनाको ज्यान गएको हो ।

मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

उनका  अनुसार ज्यान गुमाउनेमा हुम्लाको सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, प्रकाश बोहोरा र पीयूष परियार रहेका छन् ।

घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका–७ सिप गाउँका जीप चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोरु–५ का वडासदस्य लोकजङ्ग नेपाली, सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा छन् ।

हिजो सोमबार बेलुका सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update