Public Pana
आजपनि नेपालभर भारी वर्षा हुने, सतकर्ता अपनाउन आवश्यक

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
 

आज मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । वर्षाले असर पुराउने भएकाले सतर्क रहन आवश्यक भएकाले सबै होसियारमा बस्न विभागले सर्वसाधारणलाई अपिल गरेको छ ।

कोशी र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update