Public Pana
नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन पहल भइरहेको उहाँले बताउनुभयो ।

निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update