Public Pana
एमालेको प्रदेश अधिवेशन भदौ र असोजमा

नेकपा एमालेले असोज मशान्तभित्र प्रदेश अधिवेशन गर्ने भएको छ ।

आज सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ ।

जस अनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ ।

कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज ११२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘असोज मशान्तभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्नेछौं । यसले संगठनलाई मजबुत बनाउँछ’ उनले भने ।

प्रदेश अधिवेशनका लागि प्रतिनिधि भने पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने एमालेको योजना छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update